CDONETWORK

  Thursday , December 3 , 2020 9:34AM


कलाकारहरुले कंगनालाई वहिष्कार गरे ?

post_image
बलिउड अभिनेत्री कंगना
नईदिल्ली 25 जुलाई-कंगना विवादको घेराभन्दा बाहिर आउनै सक्दैनन् । हुन त उनी स्पष्टवत्ता पनि हुन् । कसैको मन राख्नका लागि चिल्लो कुरा गर्ने बानी नभएकै कारण कतिपयले कंगनालाई रुचाउँदैनन्। कपिल शर्माको शोको हालैको एउटा श्रृंखलामा अभिनेत्री कंगना रनौतले आफ्नो स्वभाव कहिले पनि परिवर्तन हुन नसक्ने धारणा व्यक्त गरेकी छिन् । उनको भनाइ थियो-‘म बनावटी जीवन बाँच्नुमा विश्वास गर्दिन, सत्यलाई सत्य तथा झुटोलाई झुटो भन्नलाई म हिच्किचाउँदिन ।’ उनको यस्तै ठाडो बोलीका कारण बलिउड उद्योगमा कंगनाका दुश्मनहरुको संख्या दिन प्रति दिन बढ्दै गैरहेको छ ।



Leave comment