CDOLIVE.IN

  Tuesday , January 16 , 2018 9:03PM


साढे छ सय करोडमा बनिन्दै छ फिल्म

post_image
भारतकै सबैभन्दा महँगो फिल्म ‘2.0’

मुम्बई 9 फरवरी- दक्षिण भारतमा करिब साढे छ सय करोड रुपैयाँको लागतमा फिल्म बन्ने भएको छ। फिल्मको यो बजेट सुनेर बलिउडका निर्माताहरु पनि हैरान भएका छन्। करिब साढे छ सय करोड रुपैयाँको लगानीमा बन्ने फिल्म कुन होला त? यो अरु कुनै नभई रजनीकान्त र अक्षय कुमारको आगामी फिल्म ‘2.0’ हो। यो फिल्म भारतकै सबैभन्दा महँगो फिल्म हुनेछ र यो अक्टोबरमा रिलीज हुने बताइएको छ। यो फिल्ममा अक्षय कुमार भिलेनको भूमिकामा छन्। अक्षयको मेकअप, पारिश्रमिक, र स्टन्ट सीनका साथै फिल्म प्रचारका लागि छुट्याइएको रकमले फिल्मको बजेट बढाएको छ। एजेन्सी




Leave comment