CDOLIVE.IN

  Tuesday , January 16 , 2018 9:03PM


‘आशिकी २’ जोडीको ‘ओके जानु’को कमजोर व्यापार

post_image

बलिउड 16 जनवरी - चलचित्र ‘आशिकी २’बाट बलिउडमा जोडीको रुपमा उदाएका आदित्य राय कपुर र श्रद्धा कपुर अभिनित चलचित्र ‘ओके जानु’ले बक्स अफिसमा कमजोर व्यापार गरेको छ।
यो चलचित्रबाट आदित्य र श्रद्धा आशावादी थि। तर, इनिसियल व्यापार गर्नुपर्ने शुक्रबार, शनिबार र आइतबार ५ करोडको आँकडा पनि यो चलचित्रले छुन सकेन।
चलचित्रले शुक्रबार ४.०८ करोडको व्यापार गरेको थियो । शनिबार, व्यापार केहि वुद्धि भएपनि चमत्कार भएन। शनिबार चलचित्रले ४.९० करोडको व्यापार गर्‍यो। आइतबार बिदाको दिनको व्यापारले चलचित्रलाई राहत दिनुपर्ने हो। तर, आइतबार शनिबारको भन्दा कम व्यापार भयो। आइतबार जम्मा ४.८२ करोडको व्यापार चलचित्रले गर्‍यो। ३ दिनमा १३.८० करोडको व्यापार गर्दै चलचित्र असफल हुने बाटोमा हिडेको छ।
अर्को साताको वुधबारबाटै ‘रइस र काबिल’ रिलिज हुने भएकाले पनि चलचित्रलाई यो साता नै गजबको व्यापार गर्नुपर्ने हुन्छ। तर, इनिसियल व्यापार कमजोर, समिक्षा कमजोर आएका कारण चलचित्रको कमाई लोभलाग्दो हुने देखिएको छैन। आदित्य र श्रद्धालाई चलचित्रको व्यापारले झट्का दिएको छ।




Leave comment