CDOLIVE.IN

  Thursday , June 21 , 2018 11:37AM


यूवतीमा 3 विशेष गुण हुनुपर्ने - नायक वरुण

post_image
बरुणले आफूसँग बिहे गर्ने यूवतीको 3 गुण सार्वजनिक गर्दै

मुम्बई 17 फरवरी - बलिउडका चर्चित नायक वरुण धवनले आफूसँग बिहे गर्न चाहने यूवतीमा 3 विशेष गुण हुनुपर्ने बताएका छन्। चलचित्र ‘बद्रीनाथकी दुल्हनिया’को प्रमोशनका क्रममा बरुणले मिडियाको जवाफमा यो खुलासा गरेका हुन्। बरुणको लागि क्रेजी हुने यूवतीहरुको संख्या विश्वभर छ। तर, बरुणले भने आफ्नो दुलही बन्ने यूवतीमा 3 विशेष गुण हुनुपर्ने बताएका छन्। बरुणले आफूले चाडो भन्दा चाडो बिहे गर्न लागेको भन्ने खबरलाई भने गलत भनेका छन्। उनले यूवतीमा हुनुपर्ने गुण बताउँदै भने-‘म जुन यूवतीसँग बिहे गर्छु, उनी भारतीय नागरिक हुनुपर्नेछ। साथमा, इन्डिपेन्डेन्ट हुन आवश्यक छ। साथमा, मसँग बिहे गर्ने यूवती सुशिल हुन आवश्यक छ।’ बरुणले आफूसँग बिहे गर्ने यूवतीको 3 गुण सार्वजनिक गरेका छन्। तर, उनले बिहे कहिले गर्छन्, यो भने खुलाएका छैनन्। बरुण अहिले नतासा नाम गरेकी यूवतीसँग प्रेममा रहेको चर्चा चल्ने गरेको छ।




Leave comment