CDOLIVE.IN

  Saturday , September 22 , 2018 5:24PM


मनिषा कोइराला नर्गिस दत्तको भूमिकामा

post_image
फिल्ममा मनिषा कोइराला नर्गिस दत्तको भूमिकामा देखिने

मुम्बई 17 फरवरी - सञ्जय दत्तको जीवनमाथि बन्ने फिल्ममा मनिषा कोइराला नर्गिस दत्तको भूमिकामा देखिने भएकी छन्। केही फिल्ममा सञ्जयको हिरोइन भएर काम गरेकी कोइराला बन्न लागेको सञ्जय दत्तको बायोपिकमा उनको आमाको रुपमा देखिने छिन्। फिल्ममा सञ्जय दत्तको रुपमा रणबीर कपुरको अभिनय रहनेछ। फिल्मको निर्देशन राजकुमार हिरानीले गर्दैछन्। हिरानीले नर्गिसको भूमिकामा कोइराला खेल्ने खुलासा गरेका हुन्। लामो समय क्यान्सरसँग जुधेकी नर्गिसको 51 वर्षको उमेरमा सन् 1981 मा निधन भएको थियो। कोइराला पनि क्यान्सरको उपचारपछि फिल्ममा फर्किएकी छन्। कोइरालासमेत क्यान्सर पीडित भएकाले उनलाई नर्गिसको भूमिकामा लिइएको हिरानीले बताएका छन्।




Leave comment