CDOLIVE.IN

  Thursday , December 13 , 2018 11:37PM


टाइगरलाई भन्यो नाच्दा उर्मिलाको जस्तो पोज नदेऊ

post_image
टाइगर श्रफले सुटिङ्गको दौरान फोटो सुट गर्दै

मुम्बई 6 मार्च- एक समय अन्डरवल्ड दुनियाँलाई फिल्मी पर्दामा सटिक प्रस्तुत गरेर आफ्नो बेग्लै छाप बनाएका बलिउड निर्देशक पछिल्लो पटक धेरै समय बलिउडबाट टाढा रहे। उनी दक्षिण भारतीय फिल्ममा व्यस्त रहे। हाले उनी आफ्नो हिट फिल्म श्रृखंला 'सरकार'को तेस्रो श्रृखंला लिएर आएका छन्। वर्मा फिल्मसँगै बलिउडकर्मी माथी अनेक टिप्पणी गरेर चर्चामा आइरहन्छन्। उनी विशेष गरेर ट्विटरबाट उनीहरूमाथी खनिने गर्छन्। यसपटक उनको निशाना मा ज्याकी श्रफका छोरा टाइगर परेका छन्। एक्सनसँगै नृत्यमासमेत पोख्त रहेका टाइगरलाई वर्माले नाच्दा उर्मिला मार्तोडकर जस्तो पोज नदिन भनेका छन्। उनले नाच्दाखेरी त्यसमा पुरूषशैली देखिनुपर्ने र सो टाइगरमा नभएको बताउँदै उनले त्यसबारेमा तालिम लिनुपर्ने बताएका हुन्। एजेन्सी




Leave comment