CDOLIVE.IN

  Thursday , December 13 , 2018 11:39PM


छोराको नाममा उठेको विवादमा सैफले मुख खोले

post_image

मुम्बई 18 जनवरी - सैफ अलि खान र करिना कपुरको छोराको नाम (तैमुर) लाई लिएर भारतीयहरुले सामाजिक सञ्जालमा निकै टिका-टिप्पणी गरे। टर्कीका एक बदनाम तानाशाहको नाम तैमुर थियो, जुन नाम यी दम्पत्तिले मन पराए।
लामो समयपछि सैफले नामको विषयमा उत्पन्न विवादमा मुख खोलेका छन्। भारतीय मिडियासँगको कुराकानीमा उनले भने, ‘टर्कीका शासकको नाम तिमूर थियो, मेरो छोराको नाम तैमुर हो। सुन्दा उस्तै लागे पनि एउटै नाम होइन।’
श्रीमती करिनालाई यो नाम मन परेकाले राखिएको उनले प्रतिक्रिया दिए। सैफले ठट्टा गर्दै भने, ‘फिल्ममा जस्तै ‘डिस्क्लेमर’ दिनुपर्ने रहेछ- यो नामको कुनै पनि जिवित वा मृतक व्यक्तिसँग सम्वन्ध छैन भनेर।’
सैफका अनुसार तैमुरको अर्थ फलाम हुन्छ। अलेक्जेन्डर र अशोकको नाम पनि हिंस्रक इतिहाससँग जोडिएको उल्लेख गर्दै उनले भने, ‘कसैको नाम राख्नासाथ उसैको जस्तो व्यवाहार गरिन्छ भन्ने छैन। तैमुर माया, शान्ति र राम्रो मूल्य-मान्यतामा हुर्किनेछ । उ एउटा उदारवादी, सन्तुलित र खुला दिमागको व्यक्ति हुनेछ।’
उनले आफ्नो छोरामा धेरै करिनाको गुणहरु आफूले देखेको बताए। गर्भवती हुँदा करिनाले ग्ल्यामरस र बोल्ड रुपमा प्रस्तुत भएको विषयमा उनले भने, ‘उनी धार्मिक, आर्थिक तथा मानसिकरुपमा स्वतन्त्र थिइन्। घरमा कसैले पनि उनलाई तिमीले यसो गर्नुपर्छ भनेर भन्न सक्दैन।’




Leave comment