CDOLIVE.IN

  Tuesday , January 16 , 2018 8:59PM


आमिरले जायरालाई भने ‘तिमी मेरो रोल मोडल’

post_image

18 जनवरी- बलिउड अभिनेता आमिर खान जायरा वसिमको पक्षमा उभिएका छन्। सामाजिक सञ्जालमा जायरा बिरुद्ध केहि मान्छे उत्रिएपछि आमिर जायराको पक्षमा उभिएका हुन्।आमिरले एक स्टेटमेन्ट जारी गर्दै भनेका छन् ‘तिम्रो सुन्दरता, क्षमता र कठिन परिश्रमले तिमी विश्वमै रोलमोडल बनेकी छ्यौ। तिमी मेरो पनि रोल मोडल हौ’।जायराले शनिवार जम्मु कश्मीरका सिएम महुबबा मुफ्तीसँग भेटेपछि वसीम बिरुद्ध केहि ब्यक्तिले प्रहार गरेका थिए।हालै रिलिज भएको फिल्म ‘दंगल’ मा गीता फोगाटको चरित्र निर्वाह गरेकि कश्मिरि कलाकार& जायराले फेसबुक पेजवाट माफी मागेकी थिइन्।
आमिरले मंगलवार स्टेटमेन्ट जारी गर्दै लेखेका छन् ‘जायरा म तिमीलाई भन्न चाहन्छु। हामी सब तिम्रो साथमा छौं’। आमिरले आम दर्शकलाई अपिल गर्दै भनेका छन् ‘जायरा १६ वर्षकी बच्चि हुन्, जो आफ्नो जीवन जिउने कोसिस गर्दै छिन् । त्यसो त गौतम गम्भिरले पनि जायराको सपोर्टमा ट्वीट गरेका छन्।
‘जायरा अघि बढेको देखेपछि केहि ब्यक्तिले आफुलाई असुरक्षित महसुस् गरेका छन्।’ २३ अक्टुवर २००० मा जन्मिएकी जायरा कश्मिरकी हुन्। उनले जम्मु-कश्मिरको मुख्यमन्त्री महबुबा मुफ्तीलाई भेटेपछि केहि पृथकतावादीहरुले जायरालाई नर्कमा तिम्रो ठाउँ सुरक्षित छ भनेर टिप्पणी गरेका थिए। -एजेन्सी




Leave comment