CDOLIVE.IN

  Thursday , June 21 , 2018 11:39AM


पद्यमावती’को सुटिङ सेटमा पेट्रोल बम हानियो

post_image
‘पद्यमावती’को सुटिङ सेट जलेर खरानी

महाराष्ट्र 15 मार्च- निर्देशक संजय लिला भन्सालीका लागि चलचित्र ‘पद्यमावती’को सुटिङ सक्नु धेरै चुनौतीपनि झेल्नु परेको छ। यो चलचित्रको छायांकनका क्रममा थुप्रै अवरोधको सामना गर्नु परिरहेको छ। केहि हप्ता अगाडि राजस्थानमा करणी सेनाले चलचित्रको बिषयवस्तुमाथि आपत्ती जनाउँदै छायांकन सेटमै पुगेर निर्देशक भन्सालीमाथि हातपात गरेका थिए। साथै, सेटका सामान पनि तोडफोड गरिएको थियो। अब, महाराष्ट्रको कोल्हापुरमा चलचित्रको सेटमा आगोले जलाई दिएको छ। मंगलबार राती 40-50 जनाको समुहले सेटमा आगो लगाई दिएको हो। सेटमा शुरूवातमा तोडफोड गरिएको र त्यसपछि पेट्रोल बम हानिएको थियो। सेट पुरै जलेर खरानी भएको छ। यो घटनापछि चलचित्रको छायांकन रोकिएको छ। दीपिका पादुकोण शिर्ष भूमिकामा रहेको यो चलचित्रमा रणवीर सिंह र साहिद कपुर मुख्य भूमिकामा छन्। चलचित्रको रिलिज डेट नोभेम्बरलाई तोकिएको छ। एजेन्सी




Leave comment