CDOLIVE.IN

  Friday , December 14 , 2018 12:01AM


डा.गुलाटी र कपिल बिच झगडा

post_image
चर्चित कमेडियन डा.गुलाटी र कपिल बिच झगडा

21 मार्च- भारतीय चर्चित कमेडियन कपिल शर्मा बेला बेलामा चर्चामा आइ रहन्छन्। कहिले ट्वीटका कारण चर्चामा आउँछन् त कहिले विवादित भनाईका कारण। यतिबेला उनी रक्सीका कारण फेरी चर्चामा आएका छन्। उनले रक्सी खाएर अर्का चर्चित कमेडियन सुनिल ग्रोवरलाई कुटेको खवर यतिबेला भारतीय मिडियाहरूमा छाइरहेको छ। केही समयअघि उनको टिम स्पेशल कार्यक्रम सुटिङका लागि अष्ट्रेलिया पुगेको थियो। अष्ट्रेलियाबाट मुम्बई फर्कने क्रममा फ्लाइटमा उनले सुनिलसँग नराम्रो तवरले झगडा गरे। भारतीय मिडियाका एक प्रत्यक्षदर्शीका अनुसार उनले रक्सी खाएर डा.गुलाटी अर्थात सुनिल ग्रोवरलाई बिना कारण नराम्रो तवरले गाली गर्न थाले। केही समयको रिस होला भन्दै ग्रोवर चुप लागेर बसे पनि उनको रिस झन बढ्दै गयो र झन ठूलो ठूलो स्वरमा गाली गर्न थाले। यतिले मात्र नपुगेर उनले सुनिललाई मारपिट नै गर्न थाले। यो देखेर फ्लाइटका अन्य व्यक्तिहरूले उनलाई समाउन खोजे तर सुनिलले रोके। सुनिलले रक्सीले चुर भएका कपिललाई बेवास्ता गर्न आग्रह गर्दै अरुलाई त्यहाँबाट पठाए। यो सब भइरहँदा पनि सुनिलले भने कुनै पनि प्रतिक्रिया जनाएनन्। एजेन्सी




Leave comment