CDOLIVE.IN

  Thursday , June 21 , 2018 11:38AM


सिद्धुले 'द कपिल शर्मा शो'मा काम गर्न नपाउने

post_image
सिद्धुले कपिल शोमा काम गर्नु नपाउने भए

पन्जाब 23 मार्च- नवजोत सिंह सिद्धु अब 'द कपिल शर्मा शो'मा देखिने छैन। पन्जाबका एड्भोकेट जनरलले मन्त्री भएका सिद्धुले टिभी शो गर्न नसक्ने बताएका छन्। मन्त्री भएकोबेला टिभी शो गर्नु अवैधानिक भन्दै उनलाई शोमा काम नगर्न भनिएको छ। यस विषयमा मुख्यमन्त्री अमरिन्दर सिंहले कानुनी राय मागेका थिए जसको जवाफ हुँदैन भन्ने आएको हो। यसबारे कुनै कानुन नभएपनि नैतिक नहुने भएकाले उनलाई शोमा काम नगर्न भनिएको हो। मन्त्रीले जनतालाई समय दिन पर्ने र अन्य कुनै काम गर्नु अनैतिक र यसले गलत प्रथा सुरु गर्ने भएकाले यसलाई इजाजत नदिइएको बताइएको छ। क्रिकेटरबाट नेता बनेका सिद्धुले गत हप्ताको 'द कपिल शर्मा शो'मा आगामी साता आफ्नो उपस्थिति जारी राख्ने बताएका थिए। उनले सुटिङ गर्न हरेक शनिबार मुम्बइ आउने र आइतबार पन्जाब फर्कने बताएका थिए। तर, उनको यो योजना सफल नहुने देखिएको छ। एजेन्सी




Leave comment