CDOLIVE.IN

  Saturday , September 22 , 2018 5:10PM


सिद्धुलाई टिभी शोमा काम गर्न अनुमति दियो

post_image
सिद्धुले आफूले टिभी शोमा काम गर्न पाउनु पर्ने मांग सफल

पन्जाब 24 मार्च - नवजोत सिंह सिद्धुले आखिरमा आएर टिभी शोमा काम गर्न पाउने भयो। बिहीबार बेलुका सिद्धुले आफूले टिभी शोमा काम गर्न पाउनु पर्ने माग गरेका थिए भने यसमा पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले पनि समर्थन जनाएका थिए। शुक्रबार पार्टीले उनले काम गर्न पाउने र यसमा कुनै मतभेद नभएको जानकारी दिएको हो। पन्जाब कंग्रेसको आधिकारीक ट्वीट मार्फत् सिद्धुले टिभी शोमा काम गर्न पाउने बताइएको छ। पन्जाबका एड्भोकेट जनरलले मन्त्री भएपछि टिभी शो गर्नु अवैधानिक, अनैतिक हुने र यसले गलत प्रथा सुरु गर्ने भएकाले यसलाई इजाजत नदिइने बताएका थिए। क्रिकेटरबाट नेता बनेका सिद्धुले यो कुरामा आपत्ति जनाउँदै आफ्नो परिवार पाल्न र घर चलाउन पैसा कमाउनु पर्ने भन्दै शोमा काम गर्न पाउनुपर्ने बताएका थिए। 'द कपिल शर्मा शो'मा काम गर्दै आएका सिद्‌धुले आफू मन्त्री भएर भ्रष्ट नसक्ने कारणले परिवार पाल्न मैले टिभी शोमा काम गर्न पाउनुपर्ने माग गरेका थिए। आखिरमा आएर उनको जित भएको छ। उनले आफ्नो कामको समय मिलाएर टिभी शो गर्न पाउने भएका हुन्। एजेन्सी




Leave comment