CDOLIVE.IN

  Thursday , December 13 , 2018 11:41PM


अक्षय नयाँ फिल्ममा १२ वटा भूमिकामा देखिने

post_image
अक्षय कुमार भने बाह्रवटा भूमिकामा देखिने

मुम्बई 28 मार्च- अभिनेता रजनीकान्त आफ्नो नयाँ फिल्म 2.0 मा पाँचवटा भूमिकामा देखिनेछन्। त्यहीँ अक्षय कुमार भने बाह्रवटा भूमिकामा देखिने भएका छन्। फिल्ममा रजनीकान्त वैज्ञानिक, रोबट र खलनायकको भूमिकामा हुनेछन् भने अक्षयका 12 भूमिकामध्ये एक खलनायकको हुनेछ। बाँकी भूमिकाबारे खुलासा गरिएको छैन। साइन्स फिक्सनमा आधारित यो फिल्म करिब 450 करोड भारतीय रुपैयाँमा बन्दैछ। फिल्म हिन्दी, तेलेगु र तामिल भाषामा आउनेछ। यस वर्ष अक्टोबर 18 मा रिलीज हुने यो फिल्ममा एमी ज्याक्सनको पनि भूमिका छ। एजेन्सी




Leave comment