CDOLIVE.IN

  Thursday , December 13 , 2018 11:37PM


कपिलको शोमा सुनिल किन फर्किए?

post_image
सुनिल ग्रोवर द कपिल शर्मा शोमा पुनः देखिने

नयाँ दिल्ली 30 मार्च- भारतीय कमेडियन सुनिल ग्रोवर द कपिल शर्मा शोमा पुनः देखिने भएका छन् अर्थात उनी उक्त शोमा फर्किएका छन्। गत हप्ता कपिलले उनीहरूको टिम बिना नै कार्यक्रम सञ्चालन गरेका थिए। कपिलले त्यसका लागि हाँस्य कलाकारहरू सुनिल पर्ल, राजु श्रीवास्त लगायतलाई लिएका थिए। कार्यक्रम हेर्नमा जति मज्जा दर्शकहरूले पहिले गर्थे त्यसमा कमी आएको प्रतिक्रिया दर्शकहरुले दिएका थिए। कपिल कार्यक्रम अवधि भरि नै त्यति उत्साहित मुडमा समेत नदेखिएको र पहिलेको जति मनोरञ्जन दर्शकहरुलाई प्रदान गर्न नसकेको आरोप उनी माथि लागेको थियो। कार्यक्रमको शुटिङका लागि सुनिल फर्किएको खबरले उनका प्रशंसकहरुलाई उत्साह प्रदान गरेको छ। उनी छिटै नै शुटिङका लागि तयार हुने पनि भनिएको छ। यसको कारण रहेको छ उनले सोनी टिभीसँग गरेको सम्झौता उनले अप्रिल महिनासम्मका लागि शुटिङ गर्नुपर्ने भन्ने सम्झौता गरेका कारण अप्रिलसम्मका लागि उनी शुटिङमा फर्किएको भारतीय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ। त्यसकारण उनी अप्रिल सम्मका लागि मात्र शुटिङका लागि फर्किएको खबरले उनका शुभ चिन्तकहरूलाई दुखी तुल्याउन सक्ने आकंलन गर्न सकिने छ।




Leave comment