CDOLIVE.IN

  Tuesday , January 16 , 2018 9:05PM


बाहुबली 2 ले 9 दिनमा एक हजार करोड़ कमायो

post_image
बाहुबली २ को रफ्तार अझै कम भएको छैन

मुम्बई मई - पहिलो दिनबाटै धमाकेदार व्यापार गरेको बाहुबली २ को रफ्तार अझै कम भएको छैन। प्रदर्शनको 9 दिनसम्म आइपुग्दा यो फिल्मले 1000 करोड कमाई गरेको छ। 100 हजार करोडको आँकडा छुने यो पहिलो भारतीय फिल्म हो। यस फिल्मले भारतमा 800 करोड र ओभरसिजमा 200 करोड आम्दानी गरेको छ। बाहुबली २ का अभिनेता प्रभासले फिल्मको यो सफलताका लागि फ्यानहरुप्रति आभार व्यक्त गर्दै फेसबुकमा सन्देश लेखेका छन्। व्यापार विश्लेषकहरुका अनुसार ‘बाहुबली’ 650 करोडको व्यापार गरेको थियो। तर बाहुबली 2 ले अहिलेकै रफ्तारमा अघि बढ्दा 2 हजार करोडको व्यापार गर्न सक्ने अनुमान गरिएको छ। बाहुबली 2 ले आमिर खानको फिल्म ‘पीके’ को लाइफटाइम कलेक्शन (792 करोड) को रेकर्डलाई तोड्दै एक हप्तामै 860 करोड कमाएको थियो। व्यापार विश्लेषक रमेश बालाका अनुसार एक हप्तामा बाहुबली 2 को विश्वव्यापी हुद आम्दानी 545 करोड पुगेको छ । करसमेत जोड्दा यो आँकडा 695करोड रुपैयाँ पुग्छ। एजेन्सी




Leave comment