CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:17PM


कोलकाताको मन्दिरमा अमिताभको मूर्ति

post_image
कोलकताको एक मन्दिरमा अमिताभको न्स एसोसिएसन’ ले मूर्ति स्थापना गरे

कोलकता 14 मई - बलिउडका महानायक अमिताभ बच्चनका फ्यानहरु उनलाई भगवान् नै मान्छन्। उनका धेरै ठाउँमा मन्दिर नै बनाइसकेका छन्। हालै उनको नयाँ फिल्म ‘सरकार 3’ आएको छ। योसँगै उनका फ्यानहरुको संघ ‘अल बंगाल अमिताभ बच्चन फ्यान्स एसोसिएसन’ ले कोलकताको एक मन्दिरमा अमिताभको मूर्ति स्थापना गरेका छन् सुब्रत बोसले बनाएको यो प्रतिमा 25 किलोको छ। अमिताभको सरकार फिल्मको हुलियामा यो मूर्ति बनाइएको छ। अमिताभको वास्तविक उचाइभन्दा पनि अग्लो यो मूर्ति फाइबरले बनेको हो। करिब एक लाख 60 हजार रुपैयाँको लागतमा बनेको यो मूर्ति स्थापना कार्यक्रममा अमिताभका फ्यानहरु उनकै स्टाइलका कपडा लगाएर उपस्थित भएका थिए। मूर्ति स्थापना गर्दा गरेको पूजाको भिडियो अमिताभले हेरेपनि तत्काल उनी त्यहाँ आउने सम्भावना नरहेको एसोसिएसनका सचिव कुशल दासगुप्ताले बताएका छन्। एजेन्सी




Leave comment