CDOLIVE.IN

  Tuesday , January 16 , 2018 8:59PM


प्रभाससंग फिल्म खेल्न श्रद्धा र दिसाको डिमाण्ड

post_image
प्रभासको नायिकाको रुपमा श्रद्धा कपुर र दिसा पटानीले डिमाण्ड गर्दै

मुम्बई 16 मई - विश्वभरमा अहिले चलचित्र ‘बाहुवली 2’ले धुम मच्चाइरहेको छ। यो चलचित्रले बक्स अफिसमा सबै रेकर्ड तोडेपछि यसका नायक प्रभासको चर्चा पनि खुबै छ। तेलुगु चलचित्रका सुपरस्टार प्रभास आज विश्वभर चर्चित बनेका छन्। उनीसँग चलचित्र खेल्नका लागि बलिउडदेखि विभिन्न प्रान्तका नायिकाहरु लालयित देखिएका छन्। तर, बलिउडका यस्ता 2 नायिका पनि छन्, जसले प्रभाससँग चलचित्र खेल्न मानेनन्। नायिका श्रद्धा कपुरलाई प्रभासको अपोजिट भूमिकाका लागि अफर गरिएको थियो। ‘साहो’ नामक तेलुगु चलचित्रका लागि प्रभासको नायिकाको रुपमा श्रद्धालाई अफर गरिएको थियो। श्रद्धाले कथावस्तु पनि निकै रुचाएकी थिइन्। तर, उनले यो चलचित्रमा काम गर्नका लागि 8 करोड पारिश्रमिक मागिदिइन्। श्रद्धाको यो डिमाण्ड यसका निर्माताले पुरा गर्न सकेनन्। यसपछि, चलचित्रको दोश्रो रोजाइको रुपमा नायिका दिसा पटानी थिइन्। दिसाले पनि चलचित्रमा काम गर्नका लागि 5 करोड पारिश्रमिक मागिदिइन्। बलिउडमा खासै सफल हुन नसकेका श्रद्धा र दिसाको हाई डिमाण्डका कारण प्रभाससँग यी दुइले काम गर्न सकेनन्। एजेन्सी




Leave comment