CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:22PM


'ट्वाइलेट: एक प्रेम कथा'को ट्रेलर नरेन्द्र मोदीलाई मन परियो

post_image
प्रधानमन्त्री नरेन्द्र मोदीले समेत अक्षय कुमारलाई ट्विट गरेरै सराहना गरेको छ

मुम्बइ14 जून- बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ को ट्रेलर सार्वजनिक गरे पछि यसको चर्चा व्यापक बनेको छ। आइतबार सार्वजनिक ट्रेलर हेरेर धेरैले तारिफ गरेका छन्। यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत अक्षय कुमारलाई ट्विट गरेरै सराहना गरे। प्रधानमन्त्री मोदी ट्विटरमा लेखेका छन्, '1 सय 25 करोड भारतीयले स्वच्छ भारत निर्माणका लागि मिलेर काम गर्दै जानुपर्छ।' यसको जवाफमा अक्षयले यसरी लेखे, 'तपाईंलाई धेरै धेरै धन्यवाद। आशा छ, हामी मानिसहरूको मानसिकता परिवर्तन गर्न र सत्यबीच फरक पैदा गर्न सफल हुनेछौं। भारतमा स्वच्छताका लागि शौचालयको आवश्यकताबारे बनेको सन्देशमूलक यस फिल्मको निर्देशन श्री नारायण सिंहले गरेका छन्। अक्षयकुमार सँगै फिल्ममा भूमी पेडेन्कर, अनुपम खेर, साना खान आदि कलाकारको मुख्य भूमिका छ। एजेन्सी




Leave comment