CDOLIVE.IN

  Thursday , December 13 , 2018 11:40PM


मुम्बईमा जेकी चेनको स्वागत

post_image
पारम्परिक ढङ्गमा जेकी चेनको स्वागत

मुम्बई - भारतीय अभिनेता सोनु सुदलाई आफुसित लिएर इण्डो चाइनिज फिल्ममा काम गरिरहेका मेगा स्टार जेकी चेन सोमवार मुम्बई आइपुगे। त्यहाँ सोनु सुदले पारम्परिक ढङ्गमा जेकी चेनको स्वागत गरे।

मुम्बई एयरपोर्टमा ओर्लिनसाथ जेकीलाई भारतीय परम्पराअनुसार तिलक लगाउँदै माला पहिराएर भव्य स्वागत जनाइयो। यस स्वागतबाट उनी अतिशय खुशी देखिए। यसबाहेक जेकीको स्वागतमा हजारौं समर्थक अनि प्रशंसकहरू उनको एक झल्को पाउन आतुर देखिए।

उनले पनि आफ्नो प्रशंसकहरूलाई निराश नतुल्याई सबैलाई हात जोड़ी अभिवादन गरे। उनले आफ्नो प्रशंसकहरूलाई उत्साहित तुल्याउन सोनु सुदसँगै आफ्नो आगामी फिल्म कङ्फु योगाको पोज देखाइ मोहित पारे।

एक्शन कमेडीले परिपूर्ण फिल्म कङ्फु योगामा जेकी चेन र सोनु सुदबाहेक दिशा पटानी तथा अमाइरा दस्तुरलाई पनि देख्न पाइनेछ। यो फिल्म आगामी फरवरी महिनाको पहिलो सातामा प्रदर्शित हुने खबर छ। उनी अहिले यसै चलचित्रको प्रमोशनका लागि मुम्बई आएका हुन् । उनको स्वागतमा बलिउडका दिग्गजहरूको लर्कोमा सुपरस्टार सलमान खान पनि सामेल थिए।

Related Photos




Leave comment