CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:29PM


‘कपिल शो’ लाई टक्कर दिने नयाँ शो आउँदै, ‘द ड्रामा कम्पनी’

post_image
नयाँ शो को नाम ‘द ड्रामा कम्पनी’ राखिएको छ चाड़ै आउँदैछ

मुम्बई 27 जून- सहकर्मी सुनील ग्रोवरसँग विवादपछि कपिल शर्माको व्यवसायिक जीवन खस्कदैं गएको छ। विवादपछि सुनीलसहित अली अस्गर, सुगन्धा मिश्रा, चन्दन लगायतका कलाकारले ‘द कपिल शर्मा शो’ छाडेर गए। विवादकै कारण शोको बजार खस्कदैं गएपछि सोनी च्यानलले विस्तारै कपिलको विकल्प खोज्दै गएको समाचारहरु आएका थिए। सोनीले कपिल शो बन्द नगरेपनि कपिलका प्रतिद्वन्द्वी मानिएका कृष्णा अभिषेकलाई लिएर नयाँ शो ल्याउने भएको छ। शो को नाम ‘द ड्रामा कम्पनी’ राखिएको छ र यो हाल कपिल शोभन्दा अघि आउने बताइएको छ। कृष्णाका साथै यसमा कपिलका पुराना साथीहरू हुनेछन्। हालै यो शोको प्रोमो शुटको बेलाका केही तस्बिरहरू सेयर गरिएका थिए। जसअनुसार शोमा सुगन्धा मिश्रा र अली असगर छन्। भारतीय समाचारअनुसार कमेडियन सुदेश लहरी पनि यसमा हुने संकेत देखिएको छ। यति मात्र नभएर शोमा सुनील ग्रोवरको ‘स्पेशल अपिरियेन्स’ हुने र बलिउड अभिनेता मिथुन चक्रवर्ती यसमा जजको स्थानमा हुन सक्नेछन्। यी सबै कलाकारहरूका साथमा आउने ‘द ड्रामा कम्पनी’ ले दर्शकको मन कपिल शोले झैं जित्ला या नजित्ला भन्ने हेर्न बाँकी नै छ। एजेन्सी




Leave comment