CDOLIVE.IN

  Friday , September 22 , 2017 8:14AM


सलमानलाई लक्जरी कार, शाहरुखको उपहार

post_image
शाहरुख र सलमान एकै मञ्चमा

मुम्बई 6 जुलाई- केही समयअघिसम्म बलिउडका दुई खानहरु शाहरुख र सलमान एक अर्काका प्रतिद्वन्दी मानिन्थे। उनीहरुबीच मतभेद रहेको खबर पनि आइरहन्थे। तर पछिल्लो समय शाहरुख र सलमानको मित्रताका एकपछि अर्का किस्साले चर्चा पाइरहेको छन्। शाहरुखले सलमानको हाल प्रदर्शन भइरहेको फिल्म 'ट्युबलाइट'मा क्यामियो गरेका थिए। अबचाहिँ सलमान शाहरुखको आगामी फिल्ममा क्यामियो गर्ने तरखरमा छन्। शाहरुखले भर्खरै सलमानलाई आनन्द एल. राईको फिल्मको गीतमा क्यामियो गर्न गरेको अनुरोध स्वीकारेको खबर छ। अझ, यही खुसीमा शाहरुखले सलमानलाई लक्जरी कार नै उपहार दिए। सलमान खान फिल्म सेटमा पुग्दा उक्त उपहारका कारण अश्चर्यचकित भएका थिए। यद्दपि सलमानले आगामी फिल्म 'टाइगर जिन्दा है'को लुक्स सार्वजनिक नहोस् भनेर उक्त कारको तस्बिर भने सार्वजनिक भएको छैन। एजेन्सी




Leave comment