CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:34AM


कपिल शर्माको बारेमा के भने मिथुन चक्रवर्तीले?

post_image
मिथुन चक्रवर्ती चाँडै ‘द ड्रामा कम्पनी’ मा उनी देखा पर्ने

मुम्बई दिल्ली 12 जुलाई-बलिउड दिग्गज अभिनेता मिथुन चक्रवर्ती चाँडै टिभी शोमा देखा पर्दैछन्। सोनी च्यानलबाट प्रशारण हुने कमेडी शो ‘द ड्रामा कम्पनी’ मा उनी देखा पर्ने भएका हुन्। शोमा कमेडियन कृष्णा अभिषेक, सुगन्धा मिश्रा, अली अस्गरका साथै सुदेश लहरी पनि हुनेछन्। सबैलाई ‘द ड्रामा कम्पनी’ लाई ‘द कपिल शर्मा शो’ को प्रतिद्वन्द्वी कार्यक्रममा रुपमा लिएका छन्। यसबारे मिथुनको भने धारणा अलग देखिएको छ। उनी कृष्णाको कार्यक्रममा देखिने भएपनि उनले कपिलको तारिफ गेका छन्। उनले कपिललाई सबैभन्दा ‘ट्यालेन्ट’ कलाकार मानेका छन्। उनले भनेका छन्, ‘हाम्रो र कपिलको शोको कुनै प्रतिस्पर्धा छैन। एकै च्यानलमा आउने भएपछि कसरी दुई शोको प्रतिस्पर्धा हुन्छ? कपिल ज्यादै प्रतिभाशाली कलाकार हुन्। उनको शोसम्म पुग्नु हाम्रो लागि ठूलो उपलब्धी हुनेछ।’ ‘द ड्रामा कम्पनी’ मा मिथुन ‘शम्भू दादा’ का रुपमा देखा पर्दैछन् जो ‘ड्रामा कम्पनी’ का मालिक हुनेछन्। सोनीले कपिल शोको टिआरपी घटेपछि यसलाई प्रतिस्थापन गर्न ‘द ड्रामा कम्पनी’ ल्याउने अन्दाजा सबैले गरेको भएपनि अब दुवै कार्यक्रम प्रशारण हुने देखिएको छ। एजेन्सी




Leave comment