लस् एन्जेलस् 17जुलाई- ओस्कार पुरस्कार विजेता एक अमेरिकी वरिष्ठ चलचित्र कलाकार मार्टिन लान्दाउको 89 बर्षको उमेरमा आइतबार निधन भएको छ। उनी आवद्ध एक चलचित्र उत्पादक एवम् प्रचारप्रसार समितिले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ। अमेरिकाको लस् एन्जेलस अस्पतालमा उपचारार्थ राखिएका कलाकार लान्दाउको आइतबार निधन भएको थियो। बहुमुखी प्रतिभाशाली व्यक्तित्व मार्टिनले सन् 1960 मा टेलिभिजनमा कलाकारको जागिरका रुपमा प्रवेश गर्नुभएको थियो। उहाँले ‘मिसन इम्पोसिबल’ नामक कार्यक्रमबाट आफनो चलचित्र अभिनय शुऱू गरेका थिए।उनलाई ‘इद उड’ चलचित्रको अभिनयका लागि ओस्कार पुरस्कार दिइएको थियो। ‘प्रतिष्ठित कलाकार मार्टिनको निधनले हामी अन्त्यन्त दुःखी भएका छौँ’ प्रशारक समितिद्धारा जारी विज्ञप्तिमा बताइएका छन्। प्रकाशित विज्ञप्तिमा उहाँले हालै मात्र आफ्नो 89 औँ जन्मदिन मनाउनु भएको पनि जनाकारी दिइएको छ। एजेन्सी