CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:29PM


योग देखि रामदेव अब फिल्ममा

post_image
बाबा रामदेव व्यापारी हुँदै अब कलाकारमा देखिने

मुम्बई 9 अगस्त-योगबाट चर्चित भएका बाबा रामदेव व्यापारी हुँदै अब कलाकार पनि हुने भएका छन्। विभिन्न टिभी शोमा देखिदैं आएका उनी अब फिल्ममै देखिने भएका छन्। भारतीय समाचारमाध्यमका अनुसार उनी ‘ये है इन्डिया’ फिल्ममा देखा पर्दैछन्। लोम हर्षद्वारा निर्देशित फिल्मको गीत ‘सइयाँ सइयाँ’ मा रामदेव देखा पर्ने भएका हुन्। फिल्ममा गेवी चाहल र डियाना उप्पलको मुख्य भूमिका छ। रामदेवले फिल्मबारे बोल्दै भनेका छन्, ‘भारत अब सपेराको देश मात्र होइन। भारतसँग पूरै दुनियाँको नेतृत्व गर्ने क्षमता छ। फिल्म ‘ये है इन्डिया’ मा भारतको परिवर्तित तस्वीर चित्रण गरिएको छ। मैले धेरै सोचेर, फिल्मको समर्थन गर्ने निर्णय गरेको हुँ। र, मलाई विश्वास छ हाम्रा देशका हर नागरिकले समर्थन गर्छन्।’ फिल्मका निर्देशक हर्षले बाबा रामदेवप्रति आभार व्यक्त गर्दै भनेका छन्, ‘फिल्मको समर्थन गर्नुभएकोमा म बाबाप्रति निकै आभारी छु। उहाँभन्दा उत्कृष्ट समर्थक कोही हुन्थेन।’ यो फिल्म अगस्ट 18 मा रिलिज हुँदैछ। एजेन्सी




Leave comment