CDOLIVE.IN

  Wednesday , February 21 , 2018 4:42PM


अनुष्काको फिल्म ‘परी’ को सेटमा दुर्घटना एकको मृत्यु

post_image
अनुष्का शर्माको आउँदो चलचित्र ‘परी’

कलकाता 31 अगस्त- बलिउड अभिनेत्री अनुष्का शर्माको आउँदो चलचित्र ‘परी’ को सेटमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा 28 वर्षीय शाह आलम नामका प्राविधिकको करेन्ट लागेका कारण मृत्यु भएको हो। शाह आलम उत्तर प्रदेशका हुन्। उनको मृत्यु कलकत्तामा बाँसको घारीमा भएको हो। लाइट इफेक्टका लागि बाँसको घारीलाई तारले सजाइएको थियो तर सुटिङपछि प्याकिङ गर्ने क्रममा नाङ्गो तारमार्फत उनलाई करेन्ट लागेको थियो। पुलिसले शवलाई पोष्टमार्टमको लागि अस्पताल लगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनापश्चात् सुटिङ रद्द गरिएको छ। एजेन्सी




Leave comment