CDOLIVE.IN

  Thursday , June 21 , 2018 11:39AM


पद्मावतीको सुटिङमा भन्सालीलाई कुटपिट

post_image
‘ पद्मावती‘ फिल्ममा रणवीर, दीपिका र शाहिद कपूर मूख्य भूमिमा

जयपुर28 जनवरी- ख्यातिप्राप्त सिने निमार्ता तथा निर्देशक सञ्जय लीला भम्सालीसित जयपुरमा शुटिङ्को बेला कुटपिट भएको तथा राजपुत समूहको आक्रोशको शिकार बन्न परेको खबर आएका छ। खबर अनुसार भन्सालीको आउँदो चलचित्र ‘ पद्मावती ‘ को विरोध गरिरहेका केही गुजरात राजपुत समूहको भीड़ले जयपुरको जयगढ किल्लामा लगाइएको सेट बाहिर प्रदर्शन गर्दै भन्सालीसित कुटपीट तथा अभद्र व्यवहार गरे।

आक्रोशित हुनको कारण रानी पद्मावतीको इतिहासलाई तोड़फोड़ गरेर पेश गरिन्दैछ। करणी सेनाले लगाइएको आरोपअनुसार भन्सालीले पद्मावतीका रूपमा अभिनय गरिरहेकी दीपिका पादुकोण र अलाउद्दीन खिलजीको भूमिका निभाइरहेका रणवीर सिंहमाझ आपत्तिजनक ‘ लभ स्टोरी ‘ गाँसिरहेको छन्। वास्तवमा रानी पद्मावती वीरताका सम्मानिय उदाहरण भएको र आफ्नो इज्जतरक्षाका लागी आत्मदाह गरेकी थिइन्।

अहिले करणी सेनाले आफ्नो चलचित्रबाट राजपुत रानी सम्बन्धि सबै दृश्य हटाउने भन्सालीसित माग गरिरहेछन्। यस विवादले गर्दा शुटिङ् बाधित मात्र नभई अघि बढाउनेबारे भन्सालीलाई असमन्जस्मा पनि हालिदिएको छ। इतिहासमा उल्लेखित मात्र हाल्दा डोकुमेन्ट्री बनी बेस्वादको हुने अनि आफ्नो प्रतिष्ठा फिका हुने डर तथा अर्कोतिर मसलापूर्ण बनाउँदा राजपूत समूहरूबाट बज्रघात खप्नपर्ने डर। यस्तोमा ‘ पद्मावती ‘ चलचित्रमाथि धेरै विचार गरेर मात्र अघि बड़ाउने सम्भावना रहेको देखिएको छ।

Related Photos




Leave comment