CDOLIVE.IN

  Monday , December 17 , 2018 12:13AM


25 जनवरी मा ‘पद्यमावत’ रिलिज हुने

post_image
निर्माता संजयलिला भन्सालीको चलचित्र ‘पद्यमावत’

मुम्बई 8 जनवरी- लामो समयको पछि निर्देशक तथा निर्माता संजयलिला भन्सालीको बहुप्रतिक्षित चलचित्र ‘पद्यमावत’ जनवरी 25 बाट रिलिज हुने भएको छ। गतबर्षको डिसेम्बर 1 तारिखमा प्रदर्शन मिति तोकिएतापनि विरोधका कारण यो चलचित्र रिलिज हुने सकेको थिएन । चलचित्रलाई भारतको सेन्सर बोर्डले हेरेपछि रिलिजको डेट तोकिएको हो । चलचित्रको नाम शुरूवातमा ‘पद्यमावती’ राखिएको थियो । तर, चलचित्र सेन्सर बोर्डले 5 वटा दृश्यमा केहि फेरवदल गर्न र नाम ‘पद्यमावत’ राख्न भनेको थियो । जनवरी 26 को बिदालाई मध्यनजर राख्दै 4 दिनको विकेन्डमा राम्रो कमाई गर्ने सोच यसको मेकरले लिएको प्रष्ट छ । यो चलचित्र जनवरी 25 मा आउने भएपछि यो मितिमा पहिले नै प्रदर्शन मिति तय गरेको चलचित्र ‘प्याडम्यान र ऐयारी’लाई अप्ठ्यारो पर्ने देखिएको छ । अक्षय कुमार, राधिका अप्टे र सोनम कपुर अभिनित चलचित्र ‘प्याडम्यान’ जनवरी 25 मा रिलिज हुने केहि महिना अगाडि नै तय भएको थियो । चलचित्र ‘ऐयारी’को प्रदर्शन मिति भने सर्ने भारतीय चलचित्र पण्डितहरुले बताएका छन् । चलचित्रमा दीपिका पादुकोण, साहिद कपुर र रणवीर सिंहको मुख्य भूमिका रहेको छ ।




Leave comment