CDOLIVE.IN

  Saturday , May 26 , 2018 7:47AM


करण जौहरले चित्तबुझ्दो जवाफ नदिए 5 वर्ष जेल जानुपर्ने संकेत

post_image
बलिउडका चर्चित फिल्म निर्देशक, निर्माता करण जौहर

मुम्बई 28 जनवरी-बलिउडका चर्चित फिल्म निर्देशक, निर्माता, कलाकार तथा टेलिभिजन पर्सनालिटी करन जौहर जेल जान सक्ने बताइएको छ । रियालिटी सो इन्डियाज नेक्स्ट सुपरस्टारमा जजको भूमिका निर्वाहमा उनलाई रोहित शेट्टीले पनि साथ दिएका छन् । उक्त सोलाई दिल्ली सरकारले एक पत्र काटेपछि करण र रोहित समस्यामा पर्न सक्ने संकेत गरिएको छ । सोमा एउटा पान मसला बनाउने कम्पनीको विज्ञापन देखाइएपछि सरकारले चेतावनीमूलक पत्र काटेको हो । सोबाट यो विज्ञापन बन्द नगरिएमा सबैभन्दा बढी नोक्सान करणलाई पर्न जाने समाचार भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । करणलाई कानुन उल्लंघनविरुद्ध पत्र काटिएको यो दोस्रोपटक हो । करणले 10 दिनमा पत्रको चित्तबुझ्दो जवाफ नदिए उनलाई पाँच वर्ष जेल र दुई हजार रुपैयाँ जरिबाना हुन सक्छ । एजेन्सी




Leave comment