CDOLIVE.IN

  Sunday , June 24 , 2018 4:46AM


शेकिना मुखिया टप सिक्समा

post_image
भोइस किड्स अफ इन्डियामा लगातार उक्लिँदै टप सिक्स

सिलगढी 19 फरवरी-एन टिभिले संचालन गरिरहेको प्रत्येक शनिबार र आइतबार देखाइने भोइस किड्स अफ इन्डियामा लगातार उक्लिँदै टप सिक्समा पुगेकी उत्तराखण्ड देहरादुनकी गोर्खे चेली शेकिना मुखियाले आफ्नो विजयको निम्ति आफ्ना शुभचिन्तक र फ्यानहरूलाई धन्यबाद दिँदै भनेकी छिन कि यो सफलता सबैको सहयोगले सम्भव हुन सकेको छ । देहरादूनका साधरण गोर्खा परिवारबाट आएकी शेकिना मुखियाले अहिले एन टिभीमा उनको धुम मचाइरहेकी छ । बहुतै कड़ा प्रतिस्पर्धामा उनले आफ्नो गायनको कौशल प्रदर्शन गरेर सबैको मन जित्न सफल बनेकी छन् । शेकिनाका पिता विकाश मुखिया जो आफ्नी छोरीसित मञ्चमा गिटार बजाएर साथ दिइरहेको देखिन्छन् अनि उनकी आमा जो देहरादुनको एउटा स्कूलमा पढ़ाउँछिन दुवैले आफ्नी छोरीको यो सफलतामाथि उनलाई रुचाउने र भोट गर्नेहरूको सहयोगले यो सफलताको सिँड़ी उक्लिन पाइरहेकी छ भन्दै सबैलाई धन्यवाद दिएका छन् अनि आगामी शनिबार राती साँड़े नौ देखि सोमबार विहान नौ बजेसम्म चल्ने भोटिङ राउण्डमा प्रशस्त भोट दिएर उनलाई अझ अघि सहयोग गरिदिने अपील गरेका छन् । प्रेषक -माधव बुढ़ाथोकी . मिरिक ।




Leave comment