CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:22PM


सन्नी लियोनी जुम्ल्याहा छोराको आमा बनिन्

post_image
सन्नी लियोनी जुम्ल्याहा बच्चाको आमा बने

7 मार्च-बलिउड अभिनेत्री सन्नी लियोनी जुम्ल्याहा नानीको आमा बनेकी छन्। उनले सेरोगेसी मार्फत आमा बनेकी हुन्। केहि समय अगाडि सन्नीले एक बालिकालाई धर्मपुत्री बनाएकी थिइन्। उनले इन्स्टाग्राम मार्फत सो कुरा सार्वजनिक गरेकी हुन्। उनले पतिसहित जुम्ल्याहा छोराहरूसँग फोटो पोस्ट गर्दै सो खबर सार्वजनिक गरेकी हुन्। पोस्टमा उनले ‘‘21 जून 2017 मा हामीलाई यो जानकारी मिलेको थियो कि म चाँडै तीन नानीकी आमा बन्दैछु,’ लेखेकी छन्। उनी अगाडि लेख्छिन्, ‘अशर सिंह वीबर, नोहा वीबर र निशा कौर वीबर आएपछि अब हाम्रो परिवार पूरा भएको छ । हाम्रो छोराको जन्म केही हप्ता अगाडि मात्र भएको हो तर ऊ हाम्रो सपना र दिलमा भने धेरै पहिला देखि बढिरहेको थियो । भगवानको आशीर्वादबाट हाम्रो परिवार पूरा भएको छ ।’ एजेन्सी




Leave comment