CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:21PM


दर्शकहरूलाई ज्यादा भन्दा ज्यादा भोट दिएर जिताउने उपील - शेकिना मुखिया

post_image
भोइस अफ इन्डिया किडमा गाउँदै शेकिना मुखिया

सिलगढ़ी 9 मार्च-एनटीभीमा प्रत्येक शनिबार र आइतबार देखाइँदै गरेको भोइस अफ इन्डिया किडको फाइनलमा पुगेकी छ देहरादूनकी गोर्खे चेली शेकिना मुखिया । आफ्नो यो उपलब्धीमा दर्शकहरूको माया र प्रेरणाको ठूलो भूमिका रहेको बताउँदै उसले सबै शुभचिन्तकहरूप्रति आभार प्रकट गरेकी छ । 4 मार्चको राती 9 बजेदेखि 10 मार्चको राती 10 बजेसम्म भोटिङ राउण्ड खोलिएको थियो भने भोटिङ्ग राउण्ड शनिवार बिहान 9 बजेसम्म मात्र हुने छ, र सबै दर्शकहरूलाई ज्यादा भन्दा ज्यादा भोट दिएर जिताउने उपील गर्दै शेकिनाले एउटा सिम नम्बरबाट 07097297304 मा 100 पल्ट मिस कल अनि क्यापिटल लेटरमा SKN लेखेर 57575 मा SMS गर्नको निम्ति अनुरोध गरेकी छ, यसरी प्रत्येक सिमबाट उसलाई 200 पल्ट भोट गर्न सकिनेछ । शेकिनाको उक्त सम्बादलाई उद्धृत गर्दै पहाड़का शेकिनाका फ्यानहरू उत्साहित बनेका छन् ।




Leave comment