CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:40AM


चम्किलो साग-सब्जी खतरनाक?

post_image
झरिलो, भरिलो, चम्किलो साग-सब्जी हानिकार

हेल्थ 27 अप्रैल- अक्सर हामी सब्जी खरिद गर्दा झरिलो, भरिलो, चम्किलो खोज्छौं। हेर्दै रहरलाग्दा तरकारीले हाम्रो आँखा लोभ्याउँछ। किराले खाएको वा राम्ररी नसपि्रएको तरकारी मन पराइदैन। चम्किलो देखिने सब्जी ताजा हुन्छ भन्ने हाम्रो बुझाई छ। तर, आँखा लोभ्याउने यस्ता सब्जी स्वास्थ्यका लागि भने निकै हानिकारक हुनसक्छ। त्यसैले बजारमा पाइने त्यस्ता सब्जी खरिद गर्नुअघि सर्तकता अपनाउनु पर्छ। रसायनले बढाउँछ चमक अहिले व्यवसायिक खेती गर्ने नाममा थोरै लगानीबाट धेरै मुनाफा खोज्न थालिएको छ। यहि चक्करमा परेर सब्जीको बोटमा हानिकारक बिषादी, रसायन प्रयोग गरिन्छ । यस्तो सब्जी चाडै बढ्छ, फल्छ, पाक्छ। हेर्दा रहरलाग्दो देखिन्छ। तर, स्वाद भने हुँदैन। न त प्राकृतिक सुगन्ध नै। यस्तो सब्जीसँगै हामी विषाक्त पदार्थ पनि ग्रहण गर्न पुग्छौं, जसले शरीरमा जटिल रोगहरु निम्त्याउन सक्छ। सब्जीको चमक अहिले सब्जी बिक्री गर्ने होडमा त्यसलाई चम्किलो देखाउने विभिन्न उपाय अपनाइन्छ। हेर्दा चम्किलो देखेपछि ग्राहले त्यो प|mेस एवं ताजा ठान्छ। तर, यसरी चम्काउनका लागि विक्रेताले विक्री कक्षमा उज्यालो प्रकासको व्यवस्था गरेको हुन्छ। मैनको प्रयोग सब्जीलाई चम्किलो देखाउनका लागि मैनको प्रयोग समेत गरिन्छ। गोलभेडा, खुर्सानीलाई मैनको प्रयोगले चम्किलो बनाउन सकिन्छ। चक्कुले कोट्याएर हेर्दा मैन लगाएको वा नलगाएको थाहा पाउन सकिन्छ। हानीकारक रंग केहि फल एवं सब्जीलाई राम्रो देखाउनका लागि त्यसमा कृतिम रंगको प्रयोग गरिएको हुन्छ। मटरको दानामा रंग प्रयोग गरिएको हुनसक्छ। यस्तो रंगले स्वास्थ्यलाई निकै हानी गर्छ। के गर्ने त ? बजारमा सब्जी वा फलफूल किनमेल गर्दा विशेष ध्यान दिनुपर्छ। रंग प्रयोग गरिएको कृतिम ढंगले चम्किलो बनाएको फलफूल, सब्जी खरिद गर्नु हुँदैन। सग्लो, किराले नखाएको, चक्किलो सब्जीमा रसायन, रंग प्रयोग गरिएको हुनसक्छ। सब्जी /फल पकाएर खानुअघि 10 वा 15 मिनेट पानीमा डुबाएर राख्नुपर्छ। त्यसपछ उक्त सब्जी/फललाई राम्ररी पखालेर मात्र सेवन गर्नुपर्छ। सब्जी खरिद गर्दा त्यसको रंग हेर्ने होइन, बरु प्राकृतिक बास्ना छ/छैन जाँच्नु पर्छ। एजेन्सी




Leave comment