CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:41AM


पिसाब पोल्ने समस्याको घरेलु उपचार वीधी

post_image
गर्मीको मौसममा गाजरको जुस नियमित पिउने गर्ने

हेल्थ 1 मई- पिसाब पोल्ने वा दुख्ने समस्या धेरैले भोगिरहेका हुन्छन्। खासगरी गर्मीको मौसममा पिसाब पोल्छ। शरीरमा पानीको मात्रा कमी हुँदा पिसाब पोल्छ। अरु थुप्रै कारण हुन्छ, जसले पिसाब पोल्ने र दुख्ने गर्छ। अतः यहाँ केही घरेलु बिधी दिइएको छ, जसले पिसाब पोल्ने र दुख्ने समस्याबाट राहत पाउन सकिन्छ। गाजरको जुस नियमित पिउने गर्नुपर्छ। – दुधमा सुकुमेल पिसेर पिउनुपर्छ। यसले पिसाबको दुखाई ठीक हुन्छ। – केहि समयसम्म मनतातो पानी सेवन गर्नुपर्छ। – दुधमा मिश्रीको मिश्रण बनाएर पिउदा पनि यो समस्याबाट मुक्ति पाइन्छ। – केहि दिनसम्म फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउनुपर्छ। – ८० ग्राम गहुँको दानालाई भिजाउने। बिहान यसलाई पिसेर छान्ने। त्यसमा थोरै मिश्री मिसाउने। अब यो मिश्रणलाई एक हप्तासम्म नियमित पिउनुपर्छ।




Leave comment