CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:35AM


भारतमा पनि भेटियो जिका भाईरस

post_image
भारतमा पहिलो पटक जिका भाइरस संक्रमण भएको पुष्टि भएको छ

नई दिल्ली 30 मई- भारतमा पहिलो पटक जिका भाइरस संक्रमण भएको पुष्टि भएको छ।गुजरातको अहमदाबादमा जिका संक्रमणका तीनवटा घटना पत्ता लागेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसमा एक गर्भवती महिला पनि परेकी छिन्। ती तीनैवटा घटना सहरको बापुनगर इलाकाका हुन् र सबै संक्रमण गत बर्षको भएको जनाइएको छ। डब्ल्युएचओले ती घटनाको आधारमा भारत यात्रालाई लिएर कुनै प्रकारको चेतावनी जारी गरेको छैन। तर संगठनले संक्रमणको घटना पुष्टि हुनु आफैमा महत्वपुर्ण भएको र यसले जिका भाइरस भारतमा रहेको प्रमाणित गरेको जनाएको छ । यो तथ्यले जिका भाइरस केहि मात्रामा फैलिसकेको र भविष्यमा नयाँ मामिला अगाडी आउन सक्ने पनि संस्थाले जनाएको छ। डब्ल्युएचओले गतबर्ष जिका संक्रमणलाई अन्तराष्ट्रिय संकटको स्थिति घोषणा गरेको थियो। नौ महिनासम्मको उक्त आपतकालिन स्थितिलाई गत नोभेम्बरमा हटाइएको थियो। करिब 30 देशमा नवजात शिशुमा गम्भिर शारीरिक विकारका लागि जिका भाइरस कारण भएको पत्ता लागेको थियो। जिका भाइरसको सम्बन्ध माइक्रोसिफेली नामको रोगसँग रहेको बताइन्छ । यसमा नवजात शिशुको सिर जन्मदै असामान्य रुपमा ठुलो हुने गर्छ। एजेन्सी




Leave comment