CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:40AM


हेल्दी हेयर फुड सम्बन्धी कुराकानी

post_image
ग्रीन टीकेशको राम्रो हेल्थका लागि जरा बलियो बनाउन जरुरी छ

23 जनवरी - स्मिता श्रेष्ठ सित केही हेल्दी हेयर फुड विषय कुराकानी हामी कसैको राम्रो केश देख्छौं तब हामीलाई पनि चाहना हुन्छ कि आफ्नो केश पनि त्यस्तै रेसमी, बाक्लो अनि लामो होस्। केश राम्रो बनाउन तेल मसाज र स्याम्पुले मात्र पुग्दैन, साथमा खानामा पनि त्यत्तिकै ध्यान दिनुपर्छ। सन्तुलित खानाले केशको चमक कायम राख्छ।प्रोटिनप्रोटिनका लागि माछा, मासु, दाल, मेवा आदि खान सकिन्छ। यसले केशको लम्बाइ एवं मजबुती बढाउन सहयोग गर्छ।

ग्रीन टीकेशको राम्रो हेल्थका लागि जरा बलियो बनाउन जरुरी छ। जरा स्वस्थ छ भने केश पनि स्वस्थ रहन्छ। चायाँको समस्या छ भने ग्रीन टी एकदम फाइदाजनक हुन्छ। हेयर एक्सपर्टहरूका अनुसार ग्रीन टीले धोए चायाँ हट्नुका साथै केशमा कान्तिमय चमक आउँछ। ग्रीन टीले बडीलाई फिट राख्न पनि त्यत्तिकै सहयोग गर्छ।

गाजरगाजरले शरीरको वजनलाई मात्र होइन केशलाई पनि सन्तुलित राख्छ। यसमा भएको भिटामिन एले केशको जरालाई बलियो बनाउँछ र पर्याप्त मोइस्चराइजर प्रदान गर्छ। ओखरकेशलाई स्वस्थ बनाउन ओखर उपयुक्त मानिन्छ। ओखरमा ओमेगा–३ फेटी एसिड, बायोटिन, भिटामिन ई तथा कपूर पाइन्छ जसले केशलाई घामको बाहिरी किरण एवं हावाबाट जोगाउँछ।

गहुँको रोटीखानामा गहुँको रोटी समावेश गर्न सकियो भने प्रशस्त फाइबर्स प्राप्त हुन्छ। यसले केशलाई हेल्दी राख्छ। गहुँको रोटी खानाले हड्डीसँग सम्बन्धित समस्याहरूबाट पनि छुटकारा प्राप्त गर्न सकिन्छ।हरियो सागसब्जीखानामा हरियो सागसब्जी समावेश गर्नुपर्छ। हरियो सागसब्जी केशका लागि एकदम लाभदायक मानिन्छ।

हरियो सागसब्जीमा हुने भिटामिन ए तथा सीले आयल सिबम बनाउँछ जसले प्राकृतिक हेयर कन्डिसनरको काम गर्छ। यसको प्रयोगले केशका साथमा अनुहारको चमक पनि बढाउँछ।




Leave comment