CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:19PM


रिट्ठाको दानाले दम रोग साथै माइग्रेन पनि ठीक हुन्छ

post_image
रिट्ठाको दानाको फाइदा

हेल्थ 31 अक्टूबर-रिट्ठा एक किसिमको फल हो जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ। रिट्ठा र त्यसको पाउडर पनि सजिलै पाइन्छ। यसको प्रयोग कपाललाई बलियो र कालो बनाउनका लागि गरिन्छ अनि यसले स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान गर्छ। माइग्रेन माइग्रेन भएपछि शिरको आधी भागमा चर्को पीडा हुन्छ। रिट्ठाको प्रयोगले पीडाबाट राहत पाउन सकिन्छ। रिट्ठाको धूलोमा अलिकति मरिच र पानी मिसाउनुस्। यो घोललाई चारपाँच थोपा नाकमा हाल्दा माइग्रेनको पीडा भाग्छ । दम दमको रोगीलाई सास लिन अप्ठ्यारो हुन्छ अनि धूलो प–यो भने पनि खोकी लाग्न थाल्छ। पाँच ग्राम रिट्ठाको धूलोमा 250 मिलिलिटर पानी मिसाएर काँढा बनाएर पिउँदा लाभ हुन्छ। दिनमा दुईतीनचोटि काँढा पिउँदा कफ ठीक हुन्छ र सास फेर्न सजिलो हुन्छ। दाँत दुखेको रिट्ठाका बिउलाई तावामा भुटेर त्यसबराबर फिटकिरी मिसाएर पिस्नुस्। अब यसलाई दाँतमा दल्नुस्। आराम पाउनुहुनेछ। आउँ पर्ने आउँ पर्दा दिसासँग रगत आउँछ र असाध्यै पीडा हुन्छ। यस्तो हुँदा आधा लिटर पानीमा रिट्ठाको धूलो हालेर पकाउनुस् र चिसो भएपछि आधी कप पिउनुस्। दिनदिनै यो पानी पिउँदा आउँ ठीक हुन्छ। अनियमित रजस्वला यसका लागि रिट्ठाको धूलो दुई ग्राममा अलिकति मह मिसाएर खाँदा रजस्वला नियमित हुन्छ र यसबेलामा हुने पीडाबाट राहत प्राप्त हुन्छ। एजेन्सी




Leave comment