CDOLIVE.IN

  Sunday , June 24 , 2018 4:47AM


सुन्तला खानु शरिरको लागि अति फाइदा

post_image
सुन्तलाको फाइदाजन गुणहरू

हेल्थ 12 जनवरी-सुन्तलामा धेरै मात्रामा पाइने फाइबर, फोलेट, भिटामिन सी, पोटासियम र क्याल्सियमले स्वास्थ्यलाई धेरै फाइदा गर्छ। सुन्तलाको उपयोगी गुणहरु के के हुन् त? 

रोगप्रतिरोधात्मक क्षमता बढाउँछ: सुन्तलामा भएको भिटामिन सी ले रोगसँग लड्ने क्षमता बढाउँछ। भिटामिन सी शरीरमा चाँडै घुल्ने हुनाले सुन्तला खाँदा यसले सेतो रक्तकोषिका पनि बढाउन मद्धत गर्छ्।

छालाको सुन्दरता बढाउँछ: सुन्तलामा भएको बेटा केराटिन नामक प्रोटिनले छालाको सौन्दर्य बढाउँछ। यसले छाला चाउरिनबाट पनि जोगाउँछ। सुन्तला खाइसकेपछि बोक्रा नफ्याक्ने। त्यसलाई घाममा राम्ररी सुकाएर, पिसेर बनेको धुलोलाई प्राकृतिक स्क्रबको रुपमा प्रयोग गर्न सकिन्छ।

रगत सफा राख्छ: सुन्तलामा पाइने आइरन र भिटामिन बी सिक्सले शरीरमा रातो रक्तकोषिका बनाउन सहयोग गर्छ जसले शरीरको सम्पूर्ण भागमा अक्सिजन प्रदान गर्छ। यसले रगत सफा राख्ने गर्छ। 

दाँत र हड्डी बलियो बनाउँछ: सुन्तलामा बढी मात्रामा पाइने क्यालसियमले दाँत र हड्डी बलियो राख्छ। अत्याधि सुन्तला बढी खाँदा हड्डी तथा दाँतको इनामेलमा नकारात्मक असर पर्छ।

मिर्गौलाको पत्थरी हुनबाट जोगाउँछ: सुन्तलामा भएको प्राकृतिक गुणले मिर्गौलाको पत्थरी हुनबाट जोगाउँछ। सुन्तलाको नियमित सेवनले मूत्रप्रणाली राम्ररी सञ्चालन गर्छ जसले गर्दा मिर्गौलाको पत्थरी बन्दैन। कोलोस्ट्रोल घटाउँछ: सुन्तलामा भएको फाइबरले कोलोस्ट्रोलको मात्रामा कमी ल्याउँछ।




Leave comment