CDONETWORK

  Thursday , September 24 , 2020 1:55PM


लामखुट्टेले टोकेमा यस्तो रोग लाग्नसक्छ

post_image
हाथमा लामखुट्टेले टोक्दै
हेल्थ 2 मई- हिजोआज गर्मी बढेको कारण घरघरमा लामखुट्टेको आतंक शुरू भैसकेको छ। हरेक व्यक्ति लामखुट्टेले निम्त्याउन सक्ने रोगको जोखिममा रहेका छन्। लामखुट्टेले टोकेमा मलेरिया, डेंगु, इन्सेफलाइटिसजस्ता विभिन्न रोग लाग्ने गर्छ। विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार लामखुट्टेको टोकाइका कारण प्रत्येक वर्ष करिब 10 लाख मानिसको मृत्यु हुने गर्छ। त्यसैले लामखुट्टेको टोकाइका कारण हुनसक्ने रोगको संक्रमणबाट बच्न जरूरी हो। एनाफिलिज नामक लामखुट्टको टोकाइका कारण मलेरिया रोग लाग्ने गर्छ। यसको प्रमुख कारण भनेको पैरासाइट प्लास्मोडियम हो। मलेरिया भएमा टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने आदि लक्षण देखा पर्छन्। समयमै रोग पत्ता लगाएर उपचार नगरेको खण्डमा यसबाट मानिसको ज्यान समेत जानसक्छ। डेंगु पोथी एडिज लामुखुट्टेले टोकेमा डेंगु हुने गर्छ। डेंगु भएमा टाउको दुख्ने, ज्वरो आउने, हड्डी तथा मांसपेशी दुख्ने, शरीरका विभिन्न भागबाट रगत बग्ने आदि समस्या देखा पर्छन्। लामुखट्टेको टोकाइका कारण हुने समस्यामध्ये यो सबैभन्दा घातक समस्या हो। यस्ता समस्याबाट आफूलाई बचाउनु नै आफूलाई सुरक्षित राख्नु हो। जीका भाइरस एडीज प्रजातिको लामखुट्टेले टोकेमा यो रोग लाग्ने गर्छ। जीका भाइरसका कारण ज्वरो आउने तथा मांसपेशी दुख्ने गर्छ। जीका भाइरसको संक्रमण भारतमा देखा परेको छ। चिकनगुनिया चिकनगुनिया भएमा बेस्सरी ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने लगायतको समस्या हुने गर्छ। चिकनगुनिया रोग विशेषगरी एडीज एजिप्टी तथा एडीज एल्बोपिक्ट्स लामखुट्टेको संक्रमणका कारण हुने गर्दछ। लिम्फेटिक फाइलेरिया लिम्फेटिक फाइलेरिया पनि लामखुट्टेको टोकाइका कारण हुने गर्दछ। यसले हाम्रो लिम्फेटिक सिस्टमलाई असर पार्छ। एक पटक यो रोग लागेमा पटक पटक संक्रमण हुने खतरा भइरहन्छ। जापानी इन्सेफलाइटिस जापानी इन्सेफलाइटिस भएमा यसले नसा, दिमाग तथा स्पाइनल कर्डलाई असर पार्छ। यो रोग लागेमा मानिसको ज्यानसमेत जान सक्छ ।



Leave comment