CDONETWORK

  Sunday , July 5 , 2020 5:12PM


काठमाण्डु-सिलगढी बस सेवा सुरु

post_image
काठमाण्डु र सिलगढीसम्मको सीधा बस सेवा

काठमाण्डु 27 अगस्त-नेपालको राजधानी काठमाण्डु र सिलगढीसम्मको सीधा बस सेवा सोमबारदेखि शुरु भएको छ। सो बस सेवाको सुरुवात नेपालका यातायात मन्त्री रघुबीर महासेठ र नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरीले सोमबार साँझ काठमाण्डुमा संयुक्त रुपमा उद्घाटन गरेका नेपाली सञ्चार माध्यमले जनाएका छन् । एयरकण्डिसन भएको 440सिटको डिलक्स बसले 18 घण्टामा सिलगढी—काठमाडौं 650 किमी लामो यात्रा गर्ने जनाइएको छ । हरेक दिन बसले 3 बजे काठमाडौं छोड्ने र काकरभिट्टा—पानीट्यांकी हुँदै भोलिपल्ट बिहान 9 बजे सिलगुडी आईपुग्ने जनाइएको छ । बस भाडा भारतीय रूपियाँ साँढे बाह्रसय (नेपाली रूपियाँ दुई हजार) तोकिएको छ । त्यसमा निःशुल्क वाइफाइ सुविधासमेत भएको र टिकट अनलाइनबाट काट्न सकिने जनाइएको छ ।




Leave comment