CDONETWORK

  Thursday , September 24 , 2020 2:47PM


हङकङका विश्वविद्यालय रणभूमिमा परिणत

post_image
हङकङमा बुधबार भने विश्व विद्यालय केन्द्रित प्रदर्शन
हङकङ 14 नोभेम्बर- हङकङका कैयौं विश्व विद्यालय बुधबार दिनभर अशान्त रह्यो। पाँच महिनाभन्दा लामो समयदेखि सरकार विरोधी प्रदर्शनकारीले प्रदर्शन गरिरहेको हङकङमा बुधबार भने विश्व विद्यालय केन्द्रित प्रदर्शन भएको थियो। बुधबारको प्रदर्शनका कारण कैयौं विश्व विद्यालय तनावग्रस्त समेत भएका बताइएको छ। बुधबारको प्रदर्शनमा सहभागी प्रदर्शनकारी मध्ये अधिकांश विद्यार्थी थिए र उनीहरुले दिनभर नै विभिन्न ठाउँमा अवरोध सिर्जना गरेका थिए। साथै, घरेलु हतियारसमेत प्रदर्शन गरेका थिए। त्यसैगरी, अनुहारमा मास्क लगाएका अन्य प्रदर्शनकारीले भने सहरमा प्रमुख व्यापारिक केन्द्र र यातायातका साधनमा अवरोध सिर्जना गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। गत जुन महिनादेखि हङकङमा सरकारविरोधी प्रदर्शन जारी रहेको छ। मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे हङकङ सरकारले विधेयक प्रस्तुत गरेपछि हङकङमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो। मंगलबार अबेर राति चिनियाँ विश्व विद्यालयमा पुलिसले प्रदर्शनकारी माथि रबरको गोली चलाएको विरोधमा बुधबार सहर भरीका विश्व विद्यालयमा प्रदर्शन भएको लोकतन्त्र पक्षधर विद्यार्थीले बताएका छन्।



Leave comment