CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:29PM


२० वर्षपछि पाकिस्तानमा हिन्दुमन्त्री बने शाहिद खकान

post_image
शाहिद खकान अब्बासीले नयाँ प्रधानमन्त्रीको रूपमा सपथग्रहण लिदै

पाकिस्ता 5 अगस्त-पाकिस्तानमा २० वर्षपछि कुनै हिन्दु मन्त्री बन्न सफल भएका छन्। भ्रष्टाचारको मुद्धामा नवाज शरीफले राजीनामा गरेपछि शुक्रबार शाहिद खकान अब्बासीले नयाँ प्रधानमन्त्रीको रूपमा सपथग्रहण गरेका थिए। 46 सदस्यीय मन्त्रिमण्डलमा 44 मन्त्रीले शुक्रबार सपथ लिएका थिए। जसमा एक हिन्दुले मन्त्रीको रूपमा सपथ लिएका थिए। नयाँ मन्त्रिमण्डलमा 28 संघीय र 18 राज्यमन्त्री बनेका छन्। हिन्दु मन्त्री दर्शन लाललाई 4 पाकिस्तानी प्रान्तबीच समन्वयको जिम्मेवारी सुम्पिएको छ। 64 वर्षीय दर्शन लाल सिन्धको घोट जिल्लास्थित मिरपुर मैथेलो शहरमा चिकित्सक पेशामा कार्यरत छन्। 2013 मा उनी दोस्रो पल्ट पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) को अल्पसंख्यकका लागि आरक्षित सिटबाट नेशनल एसेम्बलीमा चुनिएका थिए। एजेन्सी




Leave comment