CDOLIVE.IN

  Monday , September 25 , 2017 11:37AM


युद्धको सम्भावनाले भारत डरायो - चिनियाँ विश्लेषक

post_image
भारतीय सेनाले सीमा पार गरेको भन्दै चिनियाँ विदेश मन्त्रालयले प्रस्तुत गरेको फोटो

चिन 7 अगस्त-दोक्लममा सैन्य तनाव वृद्धि र युद्धको सम्भावनाबाट भारत डराएको आरोप एक चिनियाँ विश्लेषकले लगाएका छन्। दोक्लम विवादप्रति भारतीय नेताहरुको ‘नर्भस’ प्रतिक्रियाले भारतमा रहेको आत्मविश्वासको कमी उजागर गरेको चाइना वेस्ट नर्मल युनिभर्सिटीका सेन्टर अफ इण्डिया स्टडिजका निर्देशक लङ झिङचुनले दाबी गरेको छ। गत साता ‘इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्स अफ द संघाइ एकेडेमी अफ सोसल साइन्स’ का अनुसन्धाता हु जियोङले दोक्लममा चीनले सानो मात्राको सैन्य अपरेसन गर्नसक्ने बताएका थिए। हुको भनाइ भारतीय सञ्चारमाध्यममा हेडलाइन बनेको र त्यसलगत्तै प्रधानमन्त्री मोदीसहित अन्य नेताले जनाएको प्रतिक्रियाबाट भारतको कमजोर मनस्थिति प्रकट भएको लङ झिङचुनले बताएका हुन्। 

गत अगस्ट 5 का दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीच संवादबाटै समस्या समाधान हुने आशा व्यक्त गरेका थिए। त्यसअघि विदेशमन्त्री सुष्मा स्वराजले पनि भारत कूटनीतिबाटै दोक्लम विवाद हल गर्ने पक्षमा रहेको स्पष्ट पारेकी थिइन्। तेहिबेला भारतीय मूलका बेलायती दक्षिण एसिया मामिलाका विशेषज्ञ मेघनाथ देसाइले दोक्लममा विवाद भए त्यो पूर्ण स्वरुपको युद्धमा बदलिन सक्ने र त्यसमा अमेरिकाले भारतलाई सघाउने बताएका थिए। ‘लडाइँको चर्चाले व्यग्र भएर अमेरिकी सहायताको कुरा गर्नुले भारतमा रहेको आत्मविश्वासको कमीलाई प्रकट गर्छ,’ लङले भनेका छन्। झण्डै दुई महिनायता जारी दोक्लम विवादमा चीनले वार्ताका लागि भारतीय सेना फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ। एजेन्सी




Leave comment