CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:41AM


चीन भूकम्पमा मर्नेको संख्या 19 पुग्यो, धेरै घाइते

post_image
चीनको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प

चेङदु 9 अगस्त- चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरुको सङ्ख्या बढी रहेको छ। अहिलेसम्म कम्तीमा 19 जनाको मृत्यु भएको र अरू 247 जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। घाइते मध्ये 40 जनाको अवस्था गम्भीर रहेको पनि समाचारमा उल्लेख छ।पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी मङ्गलबार राती 6.5 म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो। स्थानीय समयानुसार मङ्गलबार साँझ 9-19 बजे आएको भूकम्पको केन्द्रविन्दु जिउजाइगुउ ग्रामीण इलाकाको 20 किलोमिटर गहिराईमा रहेको भूकम्प सम्वन्धी चिनिया निकायले जनाइएको छ।

मंगलबार रातिदेखि 24 घन्टायता दुई वटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। यसपछि पनि 6.3 म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा आएको छ। यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छ। सिचुवानको प्रान्तीय सरकारले यहाँका सरकारी सुरक्षा तथा उद्वारमा खट्ने निकायलौ चुस्त रुपमा काम गर्न निर्देशन दिएको छ। सोही बमोजिम उद्वारको कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्।चिनियाँ नेताहरुले पुरिएकाहरुलाई बाहिर निकाल्न र उद्धार तथा राहतमा लाग्न सवैलाई आह्वान गरेका छन्।

स्थलमार्ग तथा हवाई मार्ग मार्फत् सेनाले उद्धार कार्य जारी राखेको प्रान्तीय सरकारले जनाएको छ। सरकारी अधिकारीहरुका अनुसार 12 सय 85 जना सैनिक, 90 ओटा सवारी साधन र 9ओटा विमान उद्धार तथा राहतका लागि खटिएका छन्। घाइते भएर अस्पताल लगिएका मध्ये केही सामान्य घाइतेहरु प्राथमिक उपचार पछि आफ्नो घर फर्किएका छन्। उद्धारकर्ताहरुले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरेका छन्। एजेन्सी




Leave comment