CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:42AM


झट्टै खुला व्यापार सम्झौता गर्ने निर्णयसहित बिम्स्टेक बैठक सम्पन्न

post_image
बिम्स्टेक सदस्य राष्ट्रबीच खुला व्यापार, ग्रिड इन्टरकनेक्सन सदस्यहरू

काठमाण्डु 11 अगस्त- काठमाण्डुमा बिहीबार शुरू भएको 15 औँ बिम्स्टेक बैठक सम्पन्न भयो। बिम्स्टेक सदस्य राष्ट्रबीच खुला व्यापार, ग्रिड इन्टरकनेक्सन, प्रविधि हस्तान्तरणजस्ता सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने निर्णयसहित बैठक समाप्त भयो। बैठकमा बिम्स्टेक सदस्यराष्ट्रहरु नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका परराष्ट्र तथा देशमन्त्री एवं विदेश राज्यमन्त्रीहरु सहभागी थिए। बिहीबार साँझ राजधानीको होटल सोल्टीमा प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको उद्घाटन गरेका थिए। 

त्यस्तै बैठकमा बिम्स्टेक सदस्यराष्ट्रहरू बीच व्यापार सहजीकरण गर्ने, मोटर पारवहन लगायतका सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिने, आतंकवाद तथा अपराध नियन्त्रणका लागि तयार गरिएका क्षेत्रीय अभिसन्धिमा हस्ताक्षर र अनुमोदन गर्ने, गरिबी निवारण कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय पनि भएको छ।

त्यसैगरी बिम्स्टेकको कामलाई थप प्रभावकारी बनाउन बिम्स्टेक उर्जा केन्द्र, बिम्स्टेक वातावरण केन्द्र र बिम्स्टेक संस्कृति केन्द्रलाई यथाशीघ्र स्थापना गर्ने, भावी कार्ययोजनाका सम्बन्धमा सुझाव तयार गर्न एक प्रबुद्ध समूह गठन गर्ने निर्णय पनि भएको छ। बैठकले बिम्स्टेकका वर्तमान महासचिव सुमित नाकन्दालाको कार्यकाल समाप्त भएकोले बंगलादेशका सहिदुल इस्लामलाई बिम्स्टेकको महासचिवको रूपमा नियुक्त गर्ने निर्णय पनि गरेको छ। एजेन्सी




Leave comment