CDOLIVE.IN

  Monday , September 25 , 2017 11:36AM


काठमाण्डुमा भारतीय विदेशमन्त्रीद्वारा भुटानी विदेशमन्त्रीसँग दोक्लमबारे छलफल

post_image
भारतीय विदेशमन्त्री सुस्मा स्वराज र भुटानी विदेशमन्त्री दाम्चो दोर्जी

काठमाण्डु 11 अगस्त-भारतीय विदेशमन्त्री सुष्मा स्वराजले चीनसँग जारी दोक्लम तनावबारे भुटानी विदेशमन्त्री दाम्चो दोर्जीसँग छलफल गरेकी छन्। 15 औँ बिम्स्टेक बैठकका लागि काठमाण्डुमा आएका दुवै मन्त्रीले साइडलाइनमा दोक्लमबारे छलफल गरेका हुन्। बिहीबार स्वराज काठमाडौँ आइपुगेलगत्तै भारतीय दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालय पुगेर भुटानी विदेश मन्त्रीसँग साइडलाइन भेटवार्ता गर्ने समय मिलाइदिन आग्रह गरेका थिए। त्यसपछि परराष्ट्रले दुई मन्त्रीबीच भेटको समय मिलाइदिएको थियो। दोक्लम विवाद हल गर्न कूटनीतिक पहल गरिरहेको बताएको भारतलाई चीनले वार्ता शुरू गर्नुअघि आफ्नो फिर्ता लैजान भनेको छ। चीनले दोक्लममा भारत सम्बन्धित पक्ष नभएको बताउँदै त्यहाँ उसले घुसपैठ गरेको आरोप लगाएको छ। यसै सन्दर्भमा भारतले आफ्नो पक्षमा कूटनीतिक माहौल तयार गर्न बिम्स्टेकमा सहभागी हुन आएका मन्त्रीहरुसँग स्वराजले दौडधुप गरेकी हुन्। दोक्लम विवादको शूरूवातमा आफ्नो जमिन चीनले मिचेको आरोप लगाएको भुटानले त्यहाँ भारतीय सेनाको उपस्थितिपछि कुनै धारणा सार्वजनिक गरेको छैन। भुटानले ननिम्त्याइ भारतीय सेना दोक्लममा पुगेको भन्दै भारतमाथि दबाब परिरहेको बेलामा स्वराजले भुटानी विदेशमन्त्रीसँग छलफल गरेकी हुन्। एजेन्सी




Leave comment