CDOLIVE.IN

  Monday , September 25 , 2017 11:36AM


चीनले भन्यो दोक्लम विवादबारे, जुनसुकै मूल्य चुकाउन तयार छौं

post_image
चिन युद्धको निम्ति तयार गर्दै चिन सेना

बेइजिङ 11अगस्त-देशको सार्वभौमसत्ता जोगाउनका लागि चिनियाँ सेना जुनुसुकै मूल्य चुकाउन तयार रहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। दोक्लम विवाद समाधानका लागि चीन सरकारले देशको हितलाई ध्यानमा राखेरमात्र भारतीय पक्षसँग वार्ता गर्ने विदेश मन्त्रालयद्वारा विज्ञप्तीमा उल्लखे छ। दोक्लम क्षेत्रबारे भारतीय सञ्चार माध्यमले झुठा र सनसनी मच्याउने खालको रिपोर्ट तयार पारेको बताउँदै मन्त्रालयका प्रवक्ता देशको सीमा रक्षाका लागि चिनियाँ सेनाले जस्तोसुकै परिस्थितिको सामना गर्ने पिपल्स डेलीमा उल्लेख छ । भारतीय मिडियाले सनसनीपूर्ण र गलत समाचार प्रसारण गरेको सीमा क्षेत्र विशेषज्ञ सन् ह्वगियाङको समेत दाबी छ । चिनियाँ सैनिकहरू देशको सार्वभौमिकता रक्षाका लागि लड्न सक्षम भएको राष्ट्रपति सी जिङपिङले यसअघि नै बताइसकेका छन् । उनले चिनियाँ सेनालाई कम्युनिष्ट पार्टी अफ चाइनाको निर्देशन अनुसारका कार्य गर्न निर्देशनसमेत दिएका छन्। देशको सम्प्रभुता र सुरक्षासँग सम्झौता हुने खालका कुनै पनि कार्य चिनियाँ सैनिकले नगर्ने उनको दाबी छ। एजेन्सी




Leave comment