CDOLIVE.IN

  Monday , September 25 , 2017 11:36AM


बेनजिर भुट्टो हत्याकाण्डमा दुई पुलिसलाई 17 वर्षको जेल, मुसर्रफ भगौडा घोषित

post_image
पहिलो महिला पाकिस्तान प्रधानमन्त्री बेनजिर भुट्टो

लाहोर 31 अगस्त-पाकिस्तानको एक अदालतले देशको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टो हत्याकाण्डमा दुई पुलिस अधिकारीलाई 17 वर्षको जेल सजाय सुनाएको छ। सोही काण्डमा पूर्व सैनिक शासक परवेज मुसर्रफलाई भने भगौडा घोषित गरिएको छ। दुई पटक प्रधानमन्त्री बनिसकेकी 54 वर्षीया भुट्टोको 27 डिसेम्बर 2007 मा रावलपिण्डीमा हत्या भएको थियो। उनी केही समयअघि मात्र चुनावी अभियानमा भाग लिन निर्वासनबाट फर्केकी थिइन्। आतंकवादप्रतिरोधी अदालतले रावलपिण्डीका दुई पुलिस अधिकारीहरु सउद अजिज र खुर्म शहजादलाई लापर्वाही गरेको आरोपमा जरिवानाका साथ 17 वर्षको जेल सजाय सुनाएको हो। मुसर्रफविरुद्ध सन् 2013 मा भुट्टो हत्यामा आरोप दर्ता गरिएको थियो। हाल उनलाई फरार घोषित गरिएको छ। मुसर्रफको सम्पत्ति जफत गरिएको छ। भुट्टो हत्याको समयमा पाकिस्तानमा मुसर्रफको सत्ता कायम थियो। त्यसबेला मुसर्रफले हत्याको आरोप तालिबानका कमाण्डर बैतुल्ला मसुदलाई लगाएका थिए। सोही मुद्दामा तालिबानी विद्रोही भएको आरोप लागेका अन्य 5 जनालाई भने मुक्त गरिएको छ। एजेन्सी




Leave comment