CDOLIVE.IN

  Sunday , February 18 , 2018 10:16AM


जनरल हान वेइगुओ चीनको नयाँ सेनाप्रमुख

post_image
चीनको नयाँ सेनाप्रमुख जनरल हान वेइगुओ

चिन 1 सेप्टेम्बर-विश्वमा सबैभन्दा ठूलो सेना भएको चीनले नयाँ सेना प्रमुख नियुक्त गरेको छ। जनरल हान वेइगुओ चीनको नयाँ सेनाप्रमुख घोषित भएका छन्। हानले गत जुलाई महिनामा जनमुक्ति सेनाको 90 औँ जयन्तीका अवसरमा भएको परेडको नेतृत्व पनि गरेका थिए। यससँगै राष्ट्रपति सी जिनपिङले हवाइ सेनाको नेतृत्व पनि बदलेका छन्। हवाइ सेना प्रमुखमा तिङ लाइहाङ नियुक्त भएका छन्। जलसेना प्रमुखमा भने गत जनवरीदेखि सेन जिनलोङ कायम छन्। अक्टोबरको पार्टी कंग्रेसमा तीनै जनालाई राष्ट्रपति सी नेतृत्वको केन्द्रीय सैन्य आयोगमा बढुवा गरिने सम्भावना रहेको बताइएको छ। यसअघिका थलसेना प्रमुख ली झुचेङलाई भने जनमुक्ति सेनाको चिफ अफ जोइन्ट स्टाफमा अवकास गरिएको छ। आउँदो अक्टोबर 18 मा चिनियाँ कम्युनिष्ट पार्टी कंग्रेस हुने घोषणासँगै राष्ट्रपति सीले सैन्य नेतृत्वमा फेरबदल ल्याउनुलाई चिनियाँ सेनाको आधुनिकीकरणसँग जोडेर हेरिएको छ। सेनाको क्षमता अभिवृद्धिसँगै चीनले विवादास्पद क्षेत्रहरुमा अझ आक्रमक तरिका अवलम्बन गर्ने अनुमान गरिएको छ। एजेन्सी




Leave comment