CDOLIVE.IN

  Tuesday , October 23 , 2018 4:49AM


आफ्नो देशलाई ‘बचाएकोमा’ सिरियाली राष्ट्रपतिले पुटिनलाई धन्यवाद दिए

post_image
सिरियाली राष्ट्रपति बसर अल असदले पुटिनलाई धन्यवाद दिदै हाल मिलाउँदै

21 नोभेम्बर-सिरियाली राष्ट्रपति बसर अल असदले आफ्नो देशलाई ‘बचाएकोमा’ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई धन्यवाद दिएका छन्। चार घण्टाका लागि रूस पुगेका अुसदले सोची सहरमा पुटिनलाई भेटेर यस्तो भनेका हुन्। भेटमा पुटिनले सिरियामा आफ्नो देशको सैनिक अभियान सम्पन्न हुन थालेको बताउँदै अझै पनि ‘लामो बाटो तय गर्न बाँकी भएको’ बताए। सिरियाली राष्ट्रपतिको अघोषित रूस भ्रमणलाई महत्वका साथ हेरिएको छ। यसअघि सन 2015 मा दुई राष्ट्र प्रमुखबीच भेट भएको थियो। 2 साल अघिदेखि रूसले सिरियामा असद सरकारको समर्थनमा त्यहाँ सैन्य कार्वाही थालेको थियो। सिरियामा रुसको 2 वर्षे सैनिक अभियानपछि त्यहाँ रूस अत्यन्त सफल भएको विश्लेषण गरिएको छ। रूसले सिरियामा इरान र टर्कीको सहकार्यमा आफ्नो अभियान जारी राखेको छ। यद्यपि पश्चिमा राष्ट्रहरुले सिरियामा रूसको भूमिकाको विरोध गर्दै आएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कतार संकट समाधान गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारी राजासँग आफूले त्रिपक्षीय वार्ता गर्न चाहेको बताएका छन्। एजेन्सी




Leave comment