CDOLIVE.IN

  Tuesday , October 23 , 2018 4:49AM


ट्रम्पले भने बेलायती प्रधानमन्त्रीलाई मलाईभन्दा मुस्लिम आतंकवादीलाई बढी ध्यान देऊ

post_image
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत प्रधानमन्त्रीलाई भन्दै

30 नोभेम्बर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो मात्र बेलायत प्रधानमन्त्रीलाई भने दक्षिणपन्थी दलले बनाएको मुस्लिमविरोधी भिडियो रिट्वीट गरेका थिए। सो भिडियोमा मुस्लिमलेहरुले एक किशोरलाई छतमा लिएर पिटेर मारेको देखाइएको थियो। एउटा सानो समूहले राखेको भिडियो 4 करोड 36 लाखभन्दा बढी फ्लोअर भएका ट्रम्पले रिट्वीट गर्दा मुस्लिम विरोधी अनावश्यक चर्चा हुने भन्दै उनको आलोचना भएको थियो। बेलायती प्रधानमन्त्री थेरेसा मेको कार्यालयले राष्ट्रपति ट्रम्पले उक्त भिडियो रिट्वीट गर्नु गलत भएको बताएको थियो। त्यसको जवाफ ट्रम्पले प्रधानमन्त्री मेलाई आफूलाई भन्दा बढी बेलायतमा बढीइरहेको मुस्लिम आतंकवादलाई ध्यान दिन सुझाएका हुन्। उनले ट्वीटरमा लेखेका छन्– थेरेसा मे, मलाई ध्यान नदिनुस्, बेलायतमा भइरहेको कट्टरपन्थी स्लामिक आतंकवादमा बढी ध्यान दिनुस्। हामीले राम्रै गरिरहेका छौं।

Related Photos




Leave comment